संसारमा धेरै आवाजहरू छन्,
तर निद्रामा परेका आत्माहरूलाई ब्यूँझाउने आवाजचाहिँ
यस अन्धकार संसारलाई बचाउन आउनुभएका पिता आन साङ होङज्यू
र माता परमेश्वरको आवाज मात्र हो ।
शबाथ-दिन र निस्तार-चाड जस्ता नयाँ करारका चाडहरूद्वारा
हामीले मुक्ति पाउन सक्छौं भन्ने खबर घोषणा गर्दा
निद्रामा परेका आत्माहरू ब्यूँझिनेछन्, र मुक्ति प्राप्त गर्नेछन् ।
योनाको व्यग्र आवाज सुनेर निनवेका
१,२०,००० जना मानिसहरू ब्यूँझिएजस्तै,
र पवित्र आत्मा पाएका पत्रुसको आवाज सुनेर
एकै दिनमा ३,००० जनाले पश्चात्ताप गरेजस्तै,
यदि हामीले वर्तमान समयमा पनि
“संसारलाई मेरो सट्टामा ब्यूँझाऊ” भन्ने
परमेश्वरको वचन पालन गऱ्यौं भने
“निद्रामा परेका आत्माहरू ब्यूँझिनेछन्,
अनि ‘सही र गलत’ र ‘स्वर्ग र नरक’लाई छुट्ट्याउन सक्नेछन् ।
सात दिनको अन्त्यमा परमप्रभुको वचन मकहाँ आयो:
“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको
पहरादार तुल्याएको छु । यसैले मैले भनेको कुरा सुन्
अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे ।
इजकिएल ३:१६-१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति