परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZको पूरा रूप “Save the Earth from A to Z” हो, जसले संसारलाई परिवर्तन गर्ने विश्वविद्यालय विद्यार्थीहरूको शक्तिलाई जनाउँछ ।
‘एक जना व्यक्तिको परिवर्तनले संसारलाई परिवर्तन गर्न सक्छ’ भन्ने विश्वासका साथ ASEZले विश्वमा आइपरेका चुनौतीहरूलाई ‘आमाको मन’द्वारा समाधान गर्छ, स्वयंसेवाका गतिविधिहरूमा संलग्न हुन्छ, र संकटमा रहेको संसारलाई खुसी संसारमा परिवर्तन गर्न अग्रसर हुन्छ ।
ASEZले निम्न लक्ष्यहरूसहित ४ वटा मुख्य परियोजनाहरूमा आफ्नो कार्य केन्द्रित गरेको छ;
कार्य १. सुरक्षित संसारको लागि अपराध न्यूनीकरण
कार्य २. दिगो संसारको लागि जलवायु परिवर्तन प्रतिक्रिया
कार्य ३. समावेशी संसारको लागि सामुदायिक सेवा
कार्य ४. लचिलो संसारको लागि आपतकालीन राहत सेवा
सबै जनाले चाह गरेको सुन्दर संसार तब मात्र प्राप्त हुन्छ, जब सबै जना अगाडि बढ्न एकजुट हुन्छन् । ASEZले सरकारी निकायहरू र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग समन्वय गरेर आकस्मिक क्षेत्रीय र राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्छ, स्थानीय क्षेत्रहरूमा जनचेतना अभिवृद्धि गराउन सेमिनार र फोरमहरूको आयोजना गर्छ, अनि विश्वभरिका नेतृत्वकर्ताहरूसँग सहकार्य गरेर संसारमा मूर्त परिवर्तन ल्याउन कार्य गर्छ ।
ASEZका स्वयंसेवकहरूले अटल जोश, समर्पण र आमाको मनद्वारा गरेको कार्यको कदरस्वरूप ASEZलाई UNCCD कार्यकारी सचिव अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा (स्वर्ण) अवार्ड, ग्रीन वर्ल्ड (स्वर्ण) अवार्ड र ग्रीन एप्पल (स्वर्ण) अवार्डद्वारा सम्मानित गरिएको छ ।
‘भविष्य यहाँबाट सुरु हुन्छ !’
क्याम्पसदेखि विश्वभरिका सबै जनाले उज्ज्वल भविष्यको सिर्जना गर्ने आशा लिएका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति