मोहोर लगाएर बन्द गरिएको बाइबल खोलिदिनुभएर
अनन्तको करार पुनर्स्थापना गर्नुभई
पछिल्ला दिनहरूमा आउनुभएका दाऊदको मूल नै
ख्रीष्ट आन साङ होङज्यू हुनुहुन्छ ।
त्यसैले आन साङ होङज्यू परमेश्वर हुनुहुन्छ ।
पहिलो आगमनमा येशू र दोस्रो आगमनमा आन साङ होङ
नाउँ लिएर आउनुभएका ख्रीष्टले ३० वर्षको उमेर बप्तिस्मा लिनुभएर
आत्मिक रूपमा अभिषेक हुनुभयो ।
उहाँले पहिलो आगमनमा ३ वर्ष र दोस्रो आगमनमा ३७ वर्षसम्म
राज्यको सुसमाचार गर्नुभएर दाऊदको सिंहासनको अगमवाणी पूरा गर्नुभयो ।
येशूज्यूले जानकारी दिनुभएको अञ्जीरको रूखको दृष्टान्तअनुसार
इस्राएल देशले स्वतन्त्रता पाएको सन् १९४८मा
आन साङ होङज्यूले ढोकाअगि उभिनुभएर
हामीलाई नयाँ करार निस्तार-चाडद्वारा
मुक्तिको आशिष् प्रदान गर्नुभयो
र स्वयम्ले परमेश्वरको मण्डली स्थापना गर्नुभएर
माता परमेश्वरको विषयमा गवाही दिनुभयो ।
कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने
अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले
म खूबै रोएँ ।
तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने,
“नरोऊ ! हेर, यहूदाका कुलको सिंह,
दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न
विजयी हुनुभएको छ ।”
[प्रकाश ५:४-५]
त्यसपछि इस्राएलीहरू फर्कनेछन्,
परमप्रभु आफ्ना परमेश्वरलाई
र आफ्ना राजा दाऊदलाई खोज्नेछन् ।
पछिल्ला दिनहरूमा तिनीहरू भयसित
परमप्रभु र उहाँका आशिष्तिर आउनेछन् ।
[होशे ३:५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति