दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यूले सन् १९४८मा ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर
राजा दाऊदको अगमवाणीअनुसार सत्यताको ज्योति चम्काउने सुसमाचारको जीवन सुरु गर्नुभयो ।
मानव-जातिलाई बचाउनको निम्ति उहाँ मानिसको रूपमा यस पृथ्वीमा आउनुभयो,
अनि उहाँले महिमा र आदरको जीवन होइनकि पीडा र कष्टले भरिएको जीवन जिउनुभयो ।
सन् १९१८मा जन्मनुभएका उहाँले, जापानी उपनिवेशको समयमा चरम शोषण र दमनको युगबाट गुज्रिनुपऱ्यो ।
ख्रीष्ट आन साङ होङज्यूले आफ्नो सेवाकार्य सुरु गर्नुहुँदा गणतन्त्र कोरिया आत्मिक रूपमा बाँझो र विनाशकारी वातावरणमा थियो । भौतिक रूपमा पनि वातावरण एकदमै कमजोर थियो ।
त्यस बेला जापानी साम्राज्यवादबाट भर्खरै मुक्त भएको गणतन्त्र कोरिया, सन् १९५०मा सुरु भएको कोरियाली युद्धपछि विश्वकै सबैभन्दा गरिब देश बन्न पुग्यो, अनि सबै नागरिकहरूले चरम कष्ट भोग्नुपऱ्यो ।
आन साङ होङज्यूले हरकिसिमका कठिन कामहरू गर्नुहुँदै अपमान र दमन सहनुपरे पनि २,००० वर्षअघि येशू ख्रीष्टले गर्नुभएजस्तै, जीवनको व्यवस्था पालन गर्दै सुसमाचार प्रचार गर्नुभयो ।
धेरै मानिसहरूलाई भोकले जिउन गाह्रो भइरहेको समयमा ख्रीष्ट आन साङ होङज्यूले शबाथ-दिन लगायतका परमेश्वरका आज्ञाहरू पालन गर्ने उदाहरण देखाउनको निम्ति, मानिसहरूले नरुचाउने डकर्मी काम गर्नुपऱ्यो ।
यस्तो कठिन कामको कारण उहाँको गर्दन पछाडि मुट्ठीजत्रै ठेला उठेको थियो ।
त्यस्तो कडा परिश्रमबाट आएको ज्यालालाई उहाँले प्रचार कार्य र जीवनको सत्यता प्रकट गर्ने पुस्तकहरू लेख्नमा प्रयोग गर्नुभयो ।
त्यसैले उहाँले प्रायः जौको खोलेद्वारा भोक मेटाउनुभयो अथवा खाना खान पनि छुटाउनुभयो ।
दिनभरिको त्यस्तो कठिन श्रमपछि उहाँले रातभरि सम्पूर्ण मानव-जातिको मुक्तिको निम्ति पुस्तकहरू लेख्नुभयो,
अनि असंख्य दिनहरूको उपवास र बलिदानद्वारा नयाँ करारको सत्यता पुनर्स्थापन गरिदिनुभयो ।
ख्रीष्ट आन साङ होङज्यूले यस पृथ्वीको मानव-जीवन समाप्त गर्नुभन्दा ४ वर्षअघि मिडियाद्वारा आफ्नो मृत्युबारे अगमवाणी गर्नुभएर आफ्ना चेलाहरूलाई मण्डलीको अभिभारा सुम्पनुभयो ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ख्रीष्ट आन साङ होङज्यूको उदाहरणलाई पछ्याएर नयाँ करारको सत्यता पालन गर्दै विश्वभरिका ७.८ अरब मानिसहरूलाई मुक्तिको खबर सुनाइरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति