शैतानको छलमा परेर स्वर्गमा पाप गरेका स्वर्गदूतहरू
यो पृथ्वीमा धपाइएका हुन् भनेर बाइबलले गवाही दिएको छ ।
अनि ती स्वर्गदूतहरूचाहिँ मानव-जाति हुन् । मानव-जातिलाई पाप-क्षमा दिनुभएर
आफ्नो आत्मिक गृहनगर अर्थात् अनन्त स्वर्गमा फर्काउनको निम्ति
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले यस पृथ्वीमा आउनुभएर
नयाँ करार निस्तार-चाड स्थापना गरिदिनुभयो ।
यस पृथ्वीको परिवार रगतद्वारा गाँसिएजस्तै,
स्वर्गको परिवार पनि रगतद्वारा गाँसिएको छ ।
पिता परमेश्वर र माता परमेश्वरको सन्तान भएर
स्वर्गीय परिवारको सदस्य बन्नको निम्ति मानव-जातिले
परमेश्वरको देह र रगतमा सहभागी हुन सकिने
निस्तार-चाडको रोटी खानुपर्छ र निस्तार-चाडको दाखमद्य पिउनुपर्छ ।
हिजोआज १७५ वटा देशका परमेश्वरको मण्डलीका सन्तहरूले
एउटै मनद्वारा निस्तार-चाड मानिरहेका छन् ।
तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन् ।
हिब्रू ८:५
अखमिरी रोटीको चाड़को दिन आयो,
जुन दिन निस्तार-चाड़को थुमा बलि चढाउनुपर्थ्यो ।
अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि
त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो,
“तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । ...”
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो
र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको
मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।
लूका २२:७-२०
यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ,
तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र
परमेश्वरको परिवारका सदस्यहरू भएका छौ ।
एफिसी २:१९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति