चाडहरू मानिने मण्डलीलाई परमेश्वरले ‘सियोन’ भन्नुभएको छ ।
बाइबलमा अभिलेख गरिएको परमेश्वरका चाडहरू– शबाथ-दिन,
निस्तार-चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड,
पेन्तिकोसको दिन, तुरहीको चाड, प्रायश्चितको दिन
र छाप्रो-वासको चाड मान्ने मण्डली
केवल ‘परमेश्वरको मण्डली’ मात्र हो ।
येशूज्यूले मोशाको व्यवस्थाअनुसार पशुको रगतले होइन,
तर उहाँको अमूल्य रगतद्वारा नयाँ करार स्थापना गर्नुभयो ।
उहाँले नयाँ करारका चाडहरू मानिने ठाउँ नै मानव-जातिलाई
मुक्ति प्रदान गरिने सियोन हो भनेर जानकारी दिनुभयो ।
तर धार्मिक अन्धकारको युगमा नयाँ करारका चाडहरू लोप भएर
सियोन नष्ट भयो । वर्तमान समयमा, नष्ट भएको सियोनलाई पुनर्निर्माण
गरिदिनुभएका व्यक्ति नै ख्रीष्ट आन साङ होङज्यू हुनुहुन्छ ।
किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ,
अनि आफ्नो महिमामा उहाँ प्रकट हुनुहुनेछ ।
भजनसंग्रह १०२:१६
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर,
तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्,
एउटा शान्तिमय वासस्थान, एउटा पाल, जो कहिल्यै हटाइनेछैन, ...
त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । ... परमप्रभु
हाम्रा राजा हुनुहुन्छ । उहाँले नै हामीलाई बचाउनुहुनेछ ।
[यशैया ३३:२०-२२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति