गत वर्ष पेरुको वातावरण मन्त्रीसँग भेटेपछि, वातावरण उपमन्त्री एडगर मार्टिन रोमेरो ला पुएन्टेले परमेश्वरको मण्डली जागिरे स्वयंसेवक समूह, ASEZ WAOसँग विशेष भेट गर्नुभयो ।
सउलको मापो परमेश्वरको मण्डलीमा आयोजित ‘पेरुको वातावरण उपमन्त्रीसँग ASEZ WAOको बैठक’मा उपमन्त्री रोमेरोले ‘निलो समुद्रतर्फ एक पाइला(One Step Toward Blue Ocean)’ भन्ने विषयअन्तर्गत ASEZ WAOका सदस्यहरूसँग वातावरण संरक्षणको निम्ति आवश्यक परिवर्तनहरूलाई सम्बोधन गर्दै छलफल गर्नुभयो ।
प्रश्नोत्तरको क्रममा उहाँले सदस्यहरूलाई यसरी प्रोत्साहन दिनुभयो, “युवाहरूले वातावरण संरक्षण र परिवर्तनमा नेतृत्व लिनुपर्छ, र जन-सहभागितालाई उत्प्रेरित गर्नुपर्छ । अनि यहाँहरूको जोश र प्रतिबद्धता यस कार्यको महान् उदाहरण हो ।”
साथै, “ASEZ WAOको गतिविधिद्वारा सम्पूर्ण मानव-जाति स्वस्थ वातावरणमा जिउन सक्नेछन् भनी म दृढ विश्वास गर्दछु” भन्दै उहाँले हाम्रो कार्यप्रति दृढ समर्थन गर्दै हस्ताक्षर गर्नुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति