सर्वप्रथम, आमाको दूधले आमा र बच्चाबीच मजबुत र विशेष सम्बन्ध निर्माण गर्छ ।
अनि यो पोषणको आधारभूत स्रोत पनि हो । आमाको शरीरबाट निस्कने पहिलो दूधलाई कोलोस्ट्रम भनिन्छ ।
यो प्राकृतिक खोपजस्तै हुन्छ । कोलोस्ट्रमचाहिँ आमाद्वारा दिइने प्राकृतिक औषधिजस्तै हो,
र नवजात शिशुलाई बचाउने औषधि हो । आमाको दूधले बच्चालाई विभिन्न रोगहरूबाट १००% सुरक्षित राख्छ ।
आमाको दूधको महत्त्वद्वारा, हामीले आत्मिक संसारको एउटा महत्त्वपूर्ण सिद्धान्त बुझ्न सक्छौं ।
“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर,
र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा
तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम
ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।”
प्रकाश ४:११
पृथ्वीमा आफ्ना बच्चाहरूलाई दूध खुवाउने आमा भएजस्तै,
स्वर्गमा हामीलाई आत्मिक दूध खुवाउनुहुने हाम्री आत्मिक माता हुनुहुन्छ ।
यस पृथ्वीमा सन्तानको पालनपोषण गर्ने आमा हुनुभएजस्तै,
बाइबलले आत्मिक पालनपोषणको निम्ति स्वर्गमा
आत्मिक माता हुनुहुन्छ भनेर प्रमाणित गरेको छ ।
“तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।”
गलाती ४:२६
अनि बाइबलमा यस अन्तिम युगमा स्वर्गीय यरूशलेम माताले सबै मानव-जातिको
मुक्तिको निम्ति आवश्यक पर्ने आत्मिक सेतो दूध प्रदान गर्नुहुन्छ भनेर जानकारी दिइएको छ ।
“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर ...
किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ ...।”
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ
र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ ...
तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ ।”
यशैया ६६:१०-१३
शारीरिक आमाद्वारा बच्चाले जीवन पाएजस्तै,
आत्मिक आमाद्वारा हामीले मुक्ति पाउन सक्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति