स्ट्रेस हटाउन यहाँहरूले अपनाउने
पहिलो उपाय के हो ?
सबै व्यक्तिहरूको आफ्नो स्ट्रेसलाई नियन्त्रण गर्ने आ-आफ्नै तरिका हुन्छ ।
तर आज म यहाँहरूलाई अर्कै तरिकाबारे सुझाव दिन चाहन्छु ।
त्यस बेला आफ्नी आमालाई फोन गर्नुहोला !
स्ट्यानफोर्ड विश्वविद्यालय मेडिकल स्कूलमा ७ वर्षदेखि १२ वर्षसम्मका
२४ जना बालबालिकाहरूमा आमाको सोर सुनेपछि मस्तिष्कमा
कस्तो प्रभाव पर्छ भनेर परीक्षण गरियो ।
केही रेकर्डिङहरूमा आफ्नै आमाको सोर थियो भने
अन्य रेकर्डिङहरूमा असम्बन्धित स्त्रीहरूको सोर थियो ।
एक सेकेन्डभन्दा पनि कम समयको छोटो क्लिप सुनाए तापनि
उनीहरूले आमाको सोर ९७% परिशुद्धता साथ चिनिहाले ।
अपरिचित व्यक्तिको सोरले भन्दा पनि
आमाको सोरले मस्तिष्क अझ सक्रिय बन्यो ।
आमाको सोर चिनेका बालबालिकाहरूमा सामाजिक सञ्चार क्षमता
अझ उच्च भएको कुरा पत्ता लाग्यो ।
त्यसोभए के यो भौतिक शरीरसँग मात्र सम्बन्धित विषय होला त ?
बाइबलमा हाम्री आत्मिक माता स्वर्गबाट
यस पृथ्वीमा आउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
... “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।
तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे,
र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको
पवित्र सहर यरूशलेम मलाई देखाए ।”
प्रका २१:९-१०
“माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।”
गला ४:२६
स्वर्गीय माता शरीर धारण गरी स्वयम् यस पृथ्वीमा देखा पर्नुभएको छ,
अनि हामीलाई उहाँका सन्तान बनाउने र मुक्ति पाउने प्रभाव छोड्ने
उहाँको सोर सुन्न सक्ने गराउनुभएको छ भनेर बाइबलमा गवाही दिइएको छ ।
त्यसोभए के हाम्रो निम्ति स्वर्गीय माताको सोरभन्दा अझ उत्तम
र लाभदायक सोर, सङ्गीत वा आवाज कतै छ होला त ?
ठोस प्रमाणको आधारमा यहाँहरूले उत्तर थाहा पाउनुभयो भनी विश्वास गर्दछु ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति