बाइबलमा वर्तमान युगलाई महासङ्कष्टको समय भनेर
अगमवाणीगत रूपमा वर्णन गरिएको छ ।
जाति-जातिबीच युद्ध चर्किंदा र असंख्य जलवायु प्रकोपहरू आइपर्दा,
मानिसहरू अन्तरिक्षमा, समुद्रको गहिराइमा
वा जमिनमुनि भाग्ने योजनाहरू बनाउँछन् ।
तर बाइबलमा माता परमेश्वर वास गर्नुहुने सियोनबाहेक
अन्त कतै पनि मुक्तिको शरणस्थान छैन भनिएको छ ।
परमेश्वरले दानिएललाई राजा नबूकदनेसरको सपनाको अर्थ बताइदिनुभएजस्तै,
वर्तमान समयमा उहाँले विपत्तिको बीचमा सबैभन्दा सुरक्षित शरणस्थानचाहिँ
माता परमेश्वर हुनुहुन्छ भनेर जानकारी दिनुभएको छ ।
बच्चाहरूले जोखिमको घडीमा आमाको काखमा
सबैभन्दा सुरक्षित महसुस गरेजस्तै,
परमेश्वरले विपत्तिको समयमा मानव-जातिको निम्ति
माता परमेश्वर नै सबैभन्दा सुरक्षित ठाउँ हुनुहुन्छ भनेर
जानकारी दिनुभएको छ ।
“पृथ्वीबाट म सबै थोक ध्वंस पार्नेछु,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
“मानिसहरू र पशुहरू दुवैलाई म ध्वंस पार्नेछु ।
आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्वंस पार्नेछु ।
म पृथ्वीबाट मानिस-जातिलाई नष्ट पार्नेछु, र दुष्टहरूका निम्ति
ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
सपन्याह १:२-३
तर यदि त्यस दुष्ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,
आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्न र मतवालाहरूसँग खान र पिउन लाग्यो भने,
त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्नेछ ।
अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई ढोंगीहरूका माझ फालिदिनेछ,
जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन् ।”
मत्ती २४:४८-५१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति