अब्राहामको परिवारमा एलीएजर र इश्माएल कसैले पनि उत्तराधिकार पाएनन् ।
तर कान्छो इसहाकले स्वतन्त्र बुबा र आमाबाट उत्तराधिकार पाए ।
यो नै परमेश्वरले मानव-जातिलाई जानकारी दिनुभएको शिक्षा हो ।
वर्तमान समयमा पनि नयाँ करारद्वारा पिता आन साङ होङज्यू र माता परमेश्वरका सन्तान बनेमा
हामीहरू स्वर्गीय राजकीय पूजाहारीको रूपमा परमेश्वरका उत्तराधिकारी बन्न सक्छौं ।
येशूज्यूले “मसित तिम्रो केही हिस्सा हुनेछैन” भन्नुहुँदा पत्रुस छक्क परे,
किनभने परमेश्वरसित हिस्सा भएकाहरू मात्र स्वर्ग-राज्य प्रवेश गर्न सक्छन् ।
त्यसैले परमेश्वरको मण्डलीका सन्तहरूले सारा संसारमा पिता परमेश्वर र
माता परमेश्वरको प्रचार गरेर, परमेश्वर र मानव-जातिबीचको सम्बन्ध नै
पिता-माता र सन्तानको सम्बन्ध हो भन्ने कुरा बोध गराउने कार्यमा सारा तनमन लगाउँछन् ।
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्।
गलाती ४:२६
“म तिमीहरूका पिता हुनेछु,
र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
२ कोरिन्थी ६:१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति