मानव-जातिलाई बचाउने जीवनको पानी पवित्र आत्मा र दुलहीबाट
मात्र प्राप्त गर्न सकिन्छ भनेर प्रेरित यूहन्नाले अगमवाणी गरेका छन् ।
परमेश्वरले आफ्नै स्वरूपमा नर र नारी सृष्टि गर्नुभयो भन्ने बाइबलको वचन
र “माथिको यरूशलेम हाम्री आमा हुन्” भन्ने गलातीको वचनमा हेर्दा
पवित्र आत्मा र दुलही को हुनुहुन्छ भनेर जान्न सकिन्छ । उहाँहरू नै
पवित्र आत्माको रूपमा आउनुभएका पिता आन साङ होङज्यू
र माता परमेश्वर हुनुहुन्छ ।
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ नै पिता परमेश्वर
र माता परमेश्वरले मानव-जातिलाई पाप-क्षमा, अनन्त जीवन
र मुक्ति पाउनको निम्ति “आउनुहोस्” भनेर बोलाउनुभएको मण्डली हो ।
अनि मण्डलीमा ‘पिता’, ‘माता’, ‘दाजुभाइ’ र ‘दिदीबहिनी’ भन्ने
सम्बोधनहरू प्रयोग गर्नुको कारण नै सम्पूर्ण मानव-जाति
स्वर्गीय परिवारको सदस्य भएकोले गर्दा हो । परमेश्वर
हाम्रा पिता र हाम्री माता हुनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ
त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्,
जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति