एक जना पिता परमेश्वरले पिताको युगमा यहोवा नाउँद्वारा
पिताको भूमिका निर्वाह गर्नुभयो, अनि उहाँले पुत्रको युगमा
येशू नाउँ लिएर आउनुभई मानव-जातिको निम्ति पुत्रको उदाहरण
देखाइदिनुभयो । पवित्र आत्माको युगमा उहाँ आन साङ होङ नाउँमा
दोस्रो पल्ट आउनुभयो । यो नै त्रिएकको अर्थ हो ।
त्रिएकबारे बुझेका मानिसहरूले यहोवा परमेश्वरले गर्नुभएको
कार्य नै येशूज्यूले गर्नुभएको कार्य हो, अनि येशूज्यूले गर्नुभएको
कार्य नै नयाँ नाउँ आन साङ होङज्यूले गर्नुभएको कार्य हो भन्ने
यथार्थतालाई विश्वास गरेर महसुस गर्न सक्छन् ।
अनि पवित्र आत्माको युगमा आन साङ होङज्यूले पवित्र आत्माकी
दुलही हुनुभएकी माता परमेश्वरसँगै आउनुभएर नयाँ करार
निस्तार-चाडद्वारा मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुपर्छ भन्ने
कुरा पनि उनीहरूले बुझ्न सक्छन् ।
“म हुँ, म नै परमप्रभु हुँ ।
मबाहेक अरू कोही मुक्तिदाता छैन ।”
यशैया ४३:११
“... अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई
स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।”
प्रेरित ४:११-१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति