पुरानो करारको बलिदानमा पापीहरूको पश्चात्ताप र प्रायश्चितको अर्थ समावेश छ ।
आदम र हव्वाले पहिलो पाप गरेपछि परमेश्वरले कयिन र हाबिललाई
जीवनको रूखतर्फ फेरि जान सकिने बलिदान चढाउन लगाउनुभयो ।
मोशाको समयसम्म लगातार चढाइएको बलिदानचाहिँ
नयाँ करारमा आएर आराधनामा परिवर्तन भयो ।
परमेश्वरमा चढाइने आराधनाविना कदापि पाप-क्षमा पाउन सकिँदैन ।
पुरानो करारको सबै आराधनामा पापीहरूको सट्टामा पशुहरूको रगत बगाइन्थ्यो भने
नयाँ करारको समयमा चाहिँ येशू ख्रीष्ट स्वयम् पापबलिको रूपमा बलिदान हुनुभयो ।
यसकारण येशूज्यूले आफ्नो बलिदानद्वारा स्थापना गर्नुभएका सबै आराधनाहरू
हामीले आत्मा र सत्यतामा गर्नुपर्छ ।
येशूज्यू प्रधान पूजाहारीको पदमा नियुक्त हुनुभयो भन्ने यथार्थतामा
हामीले निरन्तर आराधना गर्नुपर्छ भन्ने अर्थ रहेको छ ।
परमेश्वरको मण्डलीका सन्तहरूले शबाथ-दिन, निस्तार-चाड लगायतका
सबै आराधनाहरू गर्दै परमेश्वरले प्रतिज्ञा गर्नुभएको पाप-क्षमा र स्वर्गको आशा लिइरहेका छन् ।
... र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति
उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार
प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो । हिब्रू ५:९-१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति