शैतानले परमेश्वरका प्रजालाई छलमा पारेर स्वर्गबाट यस पृथ्वीमा आउने गरायो, अनि उनीहरू स्वर्ग फर्कन नसकून् भनेर त्यसले लगातार छलमा पार्ने गर्छ ।
त्यसले परमेश्वरका प्रजालाई आराधना गर्न नदिनको निम्ति शबाथ-दिन र निस्तार-चाड हटायो, अनि परमेश्वरको मन्दिरमा सूर्य देवता पुज्ने आइतबारको सेवा र क्रिसमसजस्ता रीतिरिवाजहरू भित्र्यायो ।
एलियाले परमेश्वरलाई चढाइने आराधनाद्वारा ८५० जना झूटा अगमवक्ताहरूलाई पराजित गरे, अनि येशूज्यूले “परमप्रभु तेरा परमेश्वरलाई मात्र दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू” भन्ने वचनद्वारा शैतानलाई धपाउनुभयो । वर्तमान पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरले नयाँ करार पालन गरेमा परमेश्वरको मात्र सेवा गर्दै, पाप क्षमा पाएर अनन्त स्वर्ग-राज्य फर्कन सकिन्छ भनेर सिकाउनुभयो ।
“तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्नू । अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीतिथिति र विधिहरू पनि नमान्नू । तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्यसअनुसार चल्नुपर्छ । ... किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ । म परमप्रभु हुँ ।” लेवी १८:३-५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति