यदि हामीले नयाँ करारको सुसमाचारमा विश्वास गऱ्यौं,
परमेश्वरको व्यवस्थालाई सही तरिकाले बुझेर
त्यसलाई पालन गऱ्यौं भने हामीले अनन्त जीवन पाउन सक्छौं,
अनि परमेश्वरको उत्तराधिकारी भएर राजकीय पूजाहारी बन्न सक्छौं ।
अनि परमेश्वरको व्यवस्थाले हामीलाई ख्रीष्ट आन साङ होङज्यू
र नयाँ यरूशलेम स्वर्गीय माताकहाँ डोऱ्याएर अनन्त मुक्तिमा डोऱ्याउनेछ ।
यशैया लगायतका अगमवक्ताहरूले
“परमेश्वरको व्यवस्था पालन नगरे पनि हुन्छ’ भन्ने विचारले
अन्ततः पृथ्वीमा धेरै विपत्तिहरू ल्याउँछ भनेर जानकारी दिएका छन् ।
परमेश्वरको व्यवस्थाको वचन पालन गर्ने मानिसहरूले
हर्ष, खुशी र शान्तिको अनुभव गर्नेछन् भने
परमेश्वरको व्यवस्थालाई इन्कार गर्ने मानिसहरूले
आफ्नो विचारको फलस्वरूप विपत्ति र सराप भोग्नेछन् ।
यसकारण तिनीहरूलाई के हुनेछ ?
हे जाति-जातिका मानिस हो, सुन ।
हे गवाही दिने हो, सो हेरिराख । हे पृथ्वी, सुन् ।
म यस प्रजामाथि सर्वनाश ल्याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो,
किनभने तिनीहरूले मेरा वचनमाथि ध्यान दिएनन्,
र मेरो व्यवस्थालाई चाहिँ तिनीहरूले इन्कार गरे ।
यर्मिया ६:१८-१९
र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ ।
यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग
बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ ।
परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको
सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ ।
२ थेसलोनिकी १:७-८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति