परमेश्वरको शक्तिद्वारा इस्राएलीहरू मिश्रको ४३० वर्षको दासत्वबाट छुटकारा पाएर कनान देशतर्फ प्रस्थान गरे । तर इस्राएलीहरूले उनीहरूलाई छुटकारा दिनुभएका परमेश्वरको अनुग्रहलाई बिर्सिए । “किन हामीलाई मिश्रबाट निकालेर यस उजाड-स्थानमा ल्याउनुभएको ?” गनगन गरेका मानिसहरू विषालु सर्पले डसेर मरे । (गन्ती २१:६)
परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर ... एउटा खामामा झुण्ड्या । ... त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।” (गन्ती २१:८) त्यसोभए के काँसाको सर्पले तिनीहरूलाई बचाएको थियो त ? होइन ! “सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि बाँच्नेछन्” भन्नुभएका परमेश्वरको वचनले तिनीहरूलाई बचाएको थियो । तैपनि इस्राएलीहरूले काँसाको सर्पमा रहस्यमय शक्ति छ भन्ठानेर सयौँ वर्षसम्म काँसाको सर्पलाई पुजे ।
हिजकिया राजाले काँसाको सर्पलाई टुक्रा-टुक्रा पारेको समयमा परमेश्वरले तिनको प्रशंसा गर्नुभयो, अनि तिनले गरेका सबै कामहरूमा तिनलाई सफल बनाइदिनुभयो । (२ राजा १८:३-७) परमेश्वरले काँसाको सर्पलाई टुक्रा-टुक्रा पारेका हिजकियाको किन प्रशंसा गर्नुभएको होला ? किनभने मूर्तिपूजा गर्नेहरूले विनाश भोग्नेछन् । काँसाको सर्प पुजेको इतिहासचाहिँ मण्डलीहरूले क्रूस स्थापना गरेर विनाश भोग्ने विषयको अगमवाणी हो ।
“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ ...”यूह ३:१४-१५
हामीलाई बचाउने क्रूस होइनकि येशूज्यू हुनुहुन्छ । (१ पत्र १:१८-१९) तर इस्राएलीहरूले काँसाको सर्पलाई पुजेजस्तै, वर्तमान समयमा मण्डलीहरूले क्रूसको श्रद्धा गरिरहेका छन् । काँसाको सर्पचाहिँ काँसाको टुक्राबाहेक केही नभएजस्तै, क्रूस पनि काठको टुक्रा मात्र हो (प्रे ५:३०) । क्रूस स्थापना गर्ने मण्डलीहरू श्रापित हुनेछन् । (व्य २७:१५)
“हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ... ।” प्रका १८:४
क्रूस स्थापना गर्ने मण्डलीहरूबाट चाँडै निस्केर आउनुहोस् । परमेश्वरको मण्डलीले, दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूको शिक्षालाई पछ्याउँदै, काँसाको सर्प पूजेको घटनाचाहिँ क्रूस पूज्ने विषयको अगमवाणी हो भनेर मानव-जातिलाई थाहा दिइरहेको छ ।यहाँहरू पवित्र आत्माको युगकी मुक्तिदाता हुनुभएकी माता परमेश्वर वास गर्नुहुने परमेश्वरको मण्डली अर्थात् सियोनमा आउनुभएर, निर्धारित अन्तिम विपत्तिबाट बचाइएर मुक्ति पाउनुहोस् भन्ने चाहन्छौं
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति