हराएको भेडाको निम्ति धनी राजाभन्दा गोठालो नै
अझ महत्त्वपूर्ण हुन्छ, अनि मरुभूमिमा सुनभन्दा पानी अझ अमूल्य हुन्छ ।
मानव-जाति परमेश्वरको न्याय सिंहासनको अगाडि खडा हुँदा
परमेश्वरका आज्ञाहरूको मूल्य प्रकट हुनेछ । किनभने स्वर्ग र नरकचाहिँ
परमेश्वरको आज्ञा पालन गरेको छ कि छैन भन्ने कुराको आधारमा निर्धारण हुन्छ ।
स्वर्ग-राज्यचाहिँ पापीहरू प्रवेश गर्न नसक्ने ठाउँ भएकोले
तिनीहरूले पाप-क्षमा पाउनैपर्छ । परमेश्वरले नयाँ करार निस्तार-चाडमा
ख्रीष्टको अमूल्य रगतद्वारा पाप-क्षमाको प्रतिज्ञा गर्नुभएको छ ।
तसर्थ मानव-जातिले दाऊदले जस्तै, परमेश्वरको प्रतिज्ञामा
विश्वास गर्दै उहाँका आज्ञाहरूलाई प्रेम गर्नुपर्छ ।
मैले तपाईंका आज्ञाहरूलाई सुन
र निखुर सुनभन्दा पनि बढ़ी प्रेम गरेको, ...
भजनसंग्रह ११९:१२७
उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन,
‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग
तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे
र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए । ... “तिमीहरू सबैले यसबाट पिओ ।
किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति
पापको प्रायश्चितको लागि बगाइन्छ ।”
मत्ती २६:१८-२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति