भित्र के छ भन्ने कुराको आधारमा,
एउटा रित्तो बोतल फूलदानी हुन सक्छ भने
पानीको बोतल पनि हुन सक्छ ।
२,००० वर्षअघि पेन्तिकोसको दिनमा
पवित्र आत्मा पाएका प्रेरितहरू नयाँ करारका कामदार बनेजस्तै,
पवित्र आत्मा पाएका हामीहरू पनि परमेश्वरको पूर्ण सन्तान बन्नुपर्छ ।
२,००० वर्षअघि, येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभएपछि प्रेरितहरू डराएका थिए ।
तर तिनीहरूले पेन्तिकोसको दिनमा पवित्र आत्मा पाएपछि,
“येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ” भनेर साहसका साथ गवाही दिए ।
प्रेरितहरूले जस्तै आज पेन्तिकोसको दिनमा अन्तिम झरी पवित्र आत्मा पाएका
परमेश्वरको मण्डलीका सन्तहरूले पनि आन साङ होङज्यू र माता परमेश्वर
मानव-जातिलाई मुक्ति दिन आउनुभएको छ भनेर साहसका साथ गवाही दिनुपर्छ ।
जब पेन्तिकोसको दिन आयो,
तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए ।
अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै
एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । ...
अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए,
र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम
तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे ।
प्रेरित २:१-४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति