नयाँ करार निस्तार-चाड मानेर परमेश्वरतिर फर्कंदा पाप क्षमा र अनन्त जीवन पाउन सकिन्छ ।
यद्यपि परमेश्वरको करारमा स्थिर भई नबस्नेहरूलाई परमेश्वरले छोड्नुहुनेछ, अनि अन्ततः
तिनीहरूले शाऊल राजा र हिजकिया राजाले जस्तै दुष्टात्माको वशमा परेर दुःखद अन्त्य भोग्नेछन् ।
हिजकिया राजाले “निस्तार-चाड मानेर परमेश्वरतिर फर्क” भन्ने खबर लिएर
समाचारवाहकहरू पठाउँदा उत्तर इस्राएलका मानिसहरूले समाचारवाहकहरूको गिल्ला र हाँसो गरे ।
अन्ततः ती मानिसहरूले विनाश भोगे । संसारमा धेरै मण्डलीहरू भए पनि परमेश्वरको प्रतिज्ञा रहेको
निस्तार-चाड मान्ने मण्डली मात्र परमेश्वरतिर फर्किएको मण्डली हो, परमेश्वर साथमा रहनुभएर
आशिष् दिनुभएको मण्डली हो ।
हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए । ... “हे इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वरतिर तिमीहरू फर्क,” २ इतिहास ३०:१-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति