असल कुरा छरियो भने असल परिणामको कटनी गरिनेछ,
अनि दुष्ट कुरा छरियो भने दुष्ट परिणामको कटनी गरिनेछ ।
४० वर्षको उजाड-स्थानको यात्रामा गनगनको बोली बोलेका इस्राएलीहरू नष्ट भएको इतिहास,
र ठिटा दाऊद, शद्रक, मेशक र अबेद्नगोले अनुग्रहद्वारा भरिएको विश्वासको बोलीद्वारा
परमेश्वरलाई प्रसन्न तुल्याएर ठूलो आशिष् प्राप्त गरेको इतिहासलाई हामीले याद गर्नुपर्छ ।
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई पछ्याउँदै,
परमेश्वरको मण्डलीका सन्तहरूले घरमा, मण्डली र समाजमा
सधैँ असल कार्य र असल बोलीद्वारा सान्त्वना र समर्थन दिने गर्छन् ।
“अब फेरि मृत्यु नै नहुने, पीडा र कष्ट पनि नहुने स्वर्ग-राज्य छ” भनेर घोषणा गर्दै,
हिजोआज उनीहरू जीवनको फिक्रीले दबिएर थकित भएका मानिसहरूलाई
परमेश्वरको मुक्तिको खुशीको खबर बाँड्न जोशका साथ अगि बढिरहेका छन् ।
“असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ,
तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ ।
म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्,
न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ ।
किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ,
र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ ।”
मत्ती १२:३५-३७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति