मोशा र येशूज्यूबीच अगमवाणी र अगमवाणीको पूर्णताको 
सम्बन्ध रहेको छ । मोशाले आफ्नो हात उचालिराख्दा 
इस्राएलीहरूले जितेको रपीदीमको युद्धचाहिँ 
येशूज्यू क्रूसमा उचालिनुभई शैतानसँगको आत्मिक युद्धमा 
विजयी हुनुहुने कुरासम्बन्धी अगमवाणी हो । 
 
विषालु सर्पको टोकाइद्वारा मर्न लागेका इस्राएलीहरूका निम्ति 
परमेश्वरले भन्नुभयो, “तैंले विषालु सर्पको एउटा प्रतिमा बनाएर 
त्यसलाई एउटा खामामा झुण्ड्या । सर्पले डसेकाहरूले 
त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।” तैपनि इस्राएलीहरूले 
परमेश्वरको वचनको शक्तिलाई बिर्सेर करीब ८०० वर्षभन्दा 
बढी समयसम्म काँसाको सर्पलाई पुज्दै 
परमेश्वरलाई क्रोधित तुल्याए । 
योचाहिँ, हिजोआज मानिसहरूले ख्रीष्टको बलिदानद्वारा 
स्थापित नयाँ करारलाई बिर्सेर क्रूस पुजे भने तिनीहरू
नष्ट हुनेछन् भन्ने कुरालाई दर्शाउने छाया हो ।
क्रूस खडा गर्नुचाहिँ परमेश्वरको इच्छा होइन । 
सुरुको मण्डलीका सन्तहरूको निम्ति क्रूसचाहिँ 
येशूज्यूलाई टाँगिएको एउटा श्रापित काठबाहेक 
अरू केही पनि थिएन ।
“कारीगरले बनाएको जस्तै आफूले खोपेको
वा ढालेको परमप्रभुलाई घिन लाग्ने मूर्ति
गुप्तमा स्थापना गर्ने मानिस श्रापित होस् ।”
तब सबै जनाले भनून्, “आमेन ।”
व्यवस्था २७:१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति