मल्कीसेदेकको दर्जाअनुसार येशूज्यू सधैँको लागि
प्रधान पूजाहारी हुनुहुन्छ भन्ने वचनअनुसार
उहाँ वर्तमान युगमा पनि पूजाहारी हुनुभएर स्थापना गर्नुपर्ने
नयाँ करार निस्तार-चाड अस्तित्वमा छ ।
पुरानो करारको समयमा मल्कीसेदेकले अब्राहामलाई
रोटी र दाखमद्यद्वारा आशिष् दिएजस्तै
येशूज्यूले पनि मानव-जातिलाई रोटी र दाखमद्यद्वारा
अनन्त जीवनको आशिष् दिनुभयो ।
पहिलो आगमनका येशूज्यूजस्तै दोस्रो आगमनका आन साङ होङज्यू पनि
मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारी हुनुहुन्छ,
र उहाँले नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यद्वारा
अनन्त जीवनको आशिष् दिनुहुन्छ ।
पुरानो करारको हारूनको दर्जालाई होइनकि,
नयाँ करारको मल्कीसेदेकको दर्जालाई पछ्याउने मानिसहरू मात्र
वर्तमान युगमा परमेश्वरको प्रतिज्ञाका सन्तानहरू हुन सक्छन् ।
परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने
उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो ।
उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो । …
जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्कीसेदेकको दर्जाअनुसार
येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ ।
हिब्रू ६:१७-२०
अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्,
एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन् ।
एफिसी ३:६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति