परमेश्वर आउनुभएमा मात्र, मानव-जातिले जीवनको फलको सत्यता
जान्न सकी स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछन् ।
यसैको निम्ति येशूज्यू यो पृथ्वीमा आउनुभएको थियो,
यद्यपि मानिसहरूले उहाँलाई सताए र क्रूसमा टाँगे ।
साथै सन्तानहरूलाई बचाएर उद्धार गर्न
आन साङ होङज्यू यो पृथ्वीमा फेरि आउनुभयो ।
“उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, उत्सुकतापूर्वक
उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।”
यो वचनअनुसार आन साङ होङज्यू यो पृथ्वीमा आउनुभई,
मानव-जातिले गुमाएको नयाँ करार निस्तार-चाडको बारेमा सिकाउनुभयो,
राजा दाऊदको सम्पूर्ण अगमवाणी पूरा गर्नुभयो,
र स्वर्गीय यरूशलेम माता चिनाइदिनुभयो ।
जसले गर्दा आज परमेश्वरको मण्डलीका सन्तहरूले
सियोनमा स्वर्गको आशा लिन सकेका छन् ।
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ,
र त्यसपछि इन्साफ, त्यसरी ख्रीष्ट पनि
धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो,
र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन,
तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।
[हिब्रू ९:२७-२८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति