स्वर्गमा पाप गरेका मानव-जातिलाई बचाउनको निम्ति
स्वयम् बलिदान हुनुभएका ख्रीष्टको समर्पण, बलिदान र
प्रेमको मनोवृत्ति अखमिरी रोटीको चाडमा समावेश छ ।
हामीले क्रूसको कष्ट र ख्रीष्टको जीवनद्वारा
पापको प्रायश्चित गर्ने उद्देश्यका साथ
ख्रीष्टको कष्टमा खुशीसाथ सहभागी हुँदै
अखमिरी रोटीको चाड मान्नुपर्छ ।
मानव-जातिको मुक्तिको निम्ति परमेश्वर यस पृथ्वीमा आउनुभयो,
तर आफ्नो विश्वासका कारण चिनिएका पत्रुस र यहूदा इस्करियोत
लगायतका अन्य सबै चेलाहरूले परमेश्वरसामु दुष्ट कार्यहरू गरे ।
त्यस्ता पापीहरूलाई घृणा नगर्नुभई दया देखाउनुभएका परमेश्वर
र उहाँको प्रेमबाट शिक्षा पाएका हामीहरूले पनि आफ्नो क्रूस बोकेर
विश्वासको बाटो हिँड्नुपर्छ ।
तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी
यी सबै हुन आएका हुन् ।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे ।
मत्ती २६:५६
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
“कोही मेरो पछि आउने इच्छा गर्दछ भने,
उसले आफूलाई इन्कार गरोस् र
आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् ।”
मत्ती १६:२४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति