इस्राएलीहरू लाल समुद्रमा प्रवेश गरेको कुराले
येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई सङ्केत गर्छ,
अनि इस्राएलीहरू लाल समुद्रबाट सुख्खा जमिनमा अवतरण गरेको कुराले
येशूज्यूको पुनरुत्थानसँग सम्बन्धित अगमवाणीलाई सङ्केत गर्छ ।
यस्तो इतिहासलाई नबिर्सिऊन् भन्ने इच्छा साथ परमेश्वरले
पुरानो करारमा अगौटे फलको चाड स्थापना गर्नुभयो ।
जसरी पुरानो करारको समयमा निस्तार-चाड
र अखमिरी रोटीको चाडपछिको पहिलो आइतबार,
अगौटे फलको चाड मनाइन्थ्यो,
त्यसरी नै सुतिजानेहरूमध्येमा प्रथम फल हुनुभएका
येशूज्यूको पुनरुत्थान पनि आइतबार भयो ।
परिणामस्वरूप सुरुको मण्डलीका सन्तानहरूले
‘हामी मरे पनि फेरि जीवित हुनेछौं’ भन्ने विश्वास लिएर
सधैँ परमेश्वरको पक्षमा उभिँदै मुक्तिको खबर सुनाउने कार्यमा खुशी भए ।
वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ ।
सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ ।
१ कोरिन्थी १५:२०
त्यसै घडी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो,
र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे ।
चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे,
र तिनीहरू चिहानहरूबाट निस्के, र मृतकबाट येशूको पुनरुत्थान भएपछि
तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे ।
मत्ती २७:५१-५३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति