सुरुको मण्डलीका सन्तानहरूले असङ्ख्य सतावट र कठिनाइहरूका बाबजुद यस्तो ठूलो विश्वास लिएको कारण नै क्रूसको बलिदान र नयाँ करारद्वारा उनीहरूले महसुस गरेको ख्रीष्टको महान् प्रेम थियो ।
तसर्थ उनीहरूले सधैँ अनन्त स्वर्गको आशा लिएर सुसमाचार प्रचार गरे ।
आफ्नो सन्तुष्टिको निम्ति सुसमाचार गर्नेहरू सजिलै थकित हुन्छन् र हरेस खान पुग्छन् ।
तर पिता आन साङ होङज्यू र माता परमेश्वरले हाम्रा सबै पापहरू बोकिदिनुभएको कुरालाई पूर्णतया महसुस गरेर सुसमाचार गर्दा, हामी प्रेरित पावल जस्तै अत्याधिक खुशी र आशाले भरिनेछौं ।
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो,
कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो,
ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्,
तर त्यसले अनन्त जीवन पाओस् ।
यूहन्ना ३:१६
कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने ?
के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले,
वा नग्नताले, अथवा खतराले वा तरवारले ? …
उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले,
ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट
हामीलाई अलग गर्न सक्नेछैन ।
रोमी ८:३५-३९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति