एलोहिम परमेश्वरले भविष्यमा मानव-जातिलाई
उज्ज्वल महिमा र खुशी दिनको निम्ति
अदनको बगैँचाको व्यवस्था, पुरानो करारको व्यवस्था
र येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको
सबै व्यवस्थाहरू तोकिदिनुभयो ।
वर्तमान समयमा परमेश्वरले दानिएल अगमवक्ता लगायत
थुप्रै अगमवक्ताहरूमार्फत
“परमेश्वरको आज्ञा र व्यवस्थाबाट तर्किनु भनेको अधर्म काम गर्नु,
दुष्ट काम गर्नु र विद्रोह मच्चाउनु हो” भनेर हामीलाई सिकाउनुभयो ।
परमेश्वरको सानो शिक्षालाई पनि बेवास्ता नगरीकन
बाइबलको शिक्षाअनुसार कार्य गर्न निर्देशन दिनुभएका
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई
परमेश्वरको मण्डलीका सन्तानहरूले हृदयमा खोप्छन् ।
अनि येशूज्यू स्वयम्ले नयाँ करारको व्यवस्था स्थापना गर्नुभएर
उदाहरण देखाइदिनुभएको शबाथ-दिन र निस्तार-चाड जस्ता
तीन चरणका सात वटा चाडहरू पनि तिनीहरू मान्छन् ।
उसले सर्वोच्चको विरुद्धमा बोल्नेछ ...
र ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ । …
“तर अदालत बस्नेछ, र त्यसको अधिकार खोसिनेछ
र सदाको निम्ति पूर्ण रूपले नाश गरिनेछ ।
तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता, शक्ति र महानता
सर्वोच्चका मानिसहरू, अर्थात् पवित्र जनहरूलाई दिइनेछ ।
उहाँको राज्य अनन्तको राज्य हुनेछ, …”
दानिएल ७:२५-२७
मैले तिनीहरूका निम्ति धेरै विधिहरू मेरो व्यवस्थामा लेखें,
तर तिनीहरूले तिनलाई पराई थोकजस्तै ठाने ।
होशे ८:१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति